×

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था मिलाउने प्रधानमन्त्रीको प्रतिवद्धता  

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशमा महिलाहरूमा देखिने पाठेघरको र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सातै प्रदेशमा क्यान्सर पहिचान तथा उपचार केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रमलाई सम्बोधनगर्दै उनले भने “यसैगरी सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा विस्तार गरिनेछ।

साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ।” रक्तअल्पता र महिला प्रजननबारे आवश्यक योजना सहित कार्यक्रम संचालन गर्ने उनको प्रतिवद्धता छ ।
 

बुधबार २४ फागुन २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया