काठमाडौं । आज देशका धेरै ठाउँको मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरू ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विनु महर्जनले बताइन् ।
केही दिनदेखि न्यूनतम तापक्रम घट्न थालेको छ । यससँगै चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा आज अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया