×

२० देशका लागि राजदूत सिफारिस

images

सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । 

 मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् । 

त्यस्तै  दुर्गाबहादुर सुवेदी, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिहीबार २४ चैत २०७८ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया