×

मोहन वैद्य र धमेन्द्र बास्तोला नेतृत्वको पार्टी एकीकरण हुँदै, दुवै नेता संयुक्त पत्रकार सम्मेलनमा 

images


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकताको तयारी गरेका छन् । 

पार्टी एकताबारे जानकारी दिन आज(शुत्रवार) दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता मोहन वैद्य हुन् भने, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धमेन्द्र बास्तोला हुन् । 

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका छन् । 
 

शुक्रबार​ २४ चैत २०७९ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया