×

शेयर बजार साढे ३५ अङ्कले बढ्यो, दुई अर्ब १२ करोड रुपैयाँको कारोबार

images

काठमाण्डाै । लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेको छ । 

सबै समूहको शेयर बढेकोमा विकास बैंक, व्यापार, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको सात करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि राष्ट्रउत्थान लघुवित्तको शेयर झण्डै आठ प्रतिशत र इमर्जिङ नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । 

बिहीबार २४ चैत २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया