×

कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

images

काठमाडौं । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

मङ्गलबार २३ फागुन २०७९ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया