×

नेप्सेमा ७६.६५ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

images

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक भारी अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २ हजार १ सय ७७.३४ बिन्दुमा बन्द भएको छ । घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ । 

१३ वटै उपसूचक धनात्मक हुँदा आज इन्भेष्टमेन्ट समूहको उपसूचक सबैभन्दा बढी ६.२५ प्रतिशतले बढेको छ । 

यस्तै, हाइड्रोपावर समूहको उपसूचक ५.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह र डेभपमेन्ट बैंक समूहको उपसूचक क्रमशः ५.९४ प्रतिशत र ५.०६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत माथिले बढेका छन् । 

मङ्गलबार २४ माघ २०७९ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया