काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्रीले पनि उनको जितमा बधाई दिएका छन् । फक्स न्यूजका अनुसार उनले स्पष्ट बहुमत २७० सिटमा विजयी हासिल गरेका हुन् ।
अमेरिकाका ५० राज्य र राजधानी वासिङ्टन डिसीमा कुल ५३८ इलेक्टोरल भोट छन् । यस चुनावमा कुल ७ स्विङ स्टेट छन् । यी ७ स्विङ स्टेटमा मात्र ९३ सिट छन् । अधिकांश स्विंग राज्यहरुमा ट्रम्पले नै अग्रता लिएका छन् ।
जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन्। परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका उनले आफूलाई चुनेकोमा मतदातालाई धन्यवाद दिए।
उनको जितको घोषणा भइसकेको छैन। यद्यपि, सम्बोधनलाई उनले विजय भाषणका रुपमा उपयोग गरेका छन्। ‘तपाईंहरुको ४७ औँ र ४५ औँ राष्ट्रपति चुनिने असाधारण मौका दिनुभएकोमा म अमेरिकी जनतालाई धन्यवाद दिन्छु,’ उनले भने, ‘हामी हाम्रो देशलाई निको पार्न सघाउने छौँ।’
आफूले निकै ठूलो राजनीतिक जित प्राप्त गरेको बताउँदै ट्रम्पले अबको युग अमेरिकाको सुनौलो युग हुने दाबी पनि गरे। उनले पत्नी मेलानिया र छोराछोरीलाई पनि धन्यवाद दिँदै भने, ‘उनले राम्रो काम गरिन्। मानिसलाई सघाउन निकै मेहनत गर्छिन्।’
ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर उनी डेमोक्रेटिक उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएका थिए ।
रिपब्लिकन पार्टीले यसपटक राष्ट्रपति निर्वाचन मात्र जितेन तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाएको छ ।
जित पक्का भएपछि ट्रम्पले फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
एजेन्सी
प्रतिक्रिया