×

माफी मागेपछि सिधा कुराका ढुंगाना र कँडेल थुनामुक्त

images

काठमाडौ। सिधाकुरा अनलाइनका दुई पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन् । प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन् ।

सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो । अदालतको आदेशमा उनीहरूले गल्ती पुनः नदोहोर्याउने प्रतिबद्धतासहित निःशर्त लिखित माफी मागेमा सजाय ७ दिनमा छोट्याउन सकिने भनिएको थियो ।

प्राप्त सूचनाको वैधानिकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अवरोध पुग्ने गरी अफवाह फैलाउने कार्य गरेको आरोपमा उनीहरूलाई सजाय सुनाइएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नामको कार्यक्रममा एउटा अडियो प्रसारण गरेको थियो जुन अडियोका आधारमा सर्वोच्चका न्यायाधीश, ठूला मिडियाका मालिकसहित केही प्रतिष्ठित व्यक्तिहरूमाथि गम्भीर आरोप लगाइएको थियो ।

आइतबार​ २० असोज २०८१ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया