×

राष्ट्रपति पौडेलबाट इन्द्रजात्राको अवलोकन, बालेनले गरे स्वागत

images

काठमाडौँ ।  काठमाडौंको बसन्तपुरमा शनिबार भइरहेको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन् ।

शनिबार दिउँसो बसन्तपुर पुगेर राष्ट्रपतिसहितले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।  इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्वागत गरेका थिए । तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने देखिएनन् ।

अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित देखिएका छन् । 

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

 

शनिबार २१ भदौ २०८२ ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया