×

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ११ राष्ट्रका खेलाडीहरुबिच प्रतिस्पर्धा हुँने  

images


काठमाडौं । १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

सोमबार नेपाल एथलेटिक्स संघले पत्रकार सम्मेलन मार्फत १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण भईसकेको जानकारी दिएको हो । 

च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स,  पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।त्यसमा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन्।

त्यस्तैगरी याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् । 
 

सोमबार २२ फागुन २०७९ ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया