काठमाडौं । नेकपा एमालले राष्ट्रपतिमा पार्टी नेता सुवास नेम्बाङलाई जिताउन आवश्यक भूमिका खेल्न सांसदहरुलाई प्रशिक्षित गरेको छ । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी थिए । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू प्रशिक्षणमा सहभागि भएका थिए । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । राष्ट्रपतिको निर्वाचन पर्सी २५ गते हुदैछ ।
प्रतिक्रिया