×

विवेकशील साझाका काठमाडौं अध्यक्ष वैद्य एमालेमा प्रवेश

images

काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसाबले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । पार्टी प्रवेश गर्ने लहरले एमालेलाई थप जिम्मेवारबोध गराएको उनले उल्लेख गरे ।

पार्टी प्रवेश गर्दै वैद्यले मुलुकका लागि काम गर्ने पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।

यसअघि, विवेकशील साझाका केही युवाले पार्टी छोडेको घोषणा गरेका थिए ।

आइतबार​ २२ फागुन २०७८ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया