×

पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निर्देशक थापाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपैयाँ बिगोसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । त्यसैगरी, निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाईं, पशु विकास अधिकृतद्वय डा. पूजा शर्मा, विश्वेश्वरप्रसाद खनालविरुद्ध पनि सोही रकम बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो ।

त्यसैगरी, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालि र उक्त प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, व्यवस्थापक सुरतबहादुर भुल र इन्जिनियर पुष्कर भण्डारीविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा हाटबजार निर्माण गर्दा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो । उक्त हाटबजार निर्माण गर्ने सम्झौतामा कामभन्दा बढी मूल्यांकन गरी भुक्तानी दिएको अभियोग पत्रमा उल्लेख छ ।

बिहीबार २० मंसिर २०८१ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया