×

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता , १३ वर्षदेखि १७ वर्षसम्म जेल सजाय हुन सक्ने

images

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएको छ । पतञ्जली आयुर्वेदको जग्गाको अवैध रुपमा बिक्री गर्ने काममा प्रधानमन्त्री पदमा रहेर सहयोग गरेको आरोप लागेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

images

अध्यक्षमाथि प्रतिशोध साधियो-नेकपा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अ...

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ को (झ) बमोजिम सजाय, दफा १७ बमोजिम बिगो असुली र दफा २४ बमोजिम थप सजाय माग गरिएको छ । अख्तियारले मागदावी गरेका कानुनका दफाहरु अनुसार नै नेपाललाई अदालतले दोषी ठहर गरेमा नेपाललाई १३ वर्षदेखि १७ वर्षसम्म जेल सजाय हुनसक्छ । यसबाहेक उनले ३८ करोड रुपैयाँभन्दा बढी रकम तिर्नुपर्नेछ ।

ऐनमा भ्रष्टाचार गरेको रकम जफत हुने उल्लेख गरिएको छ । अख्तियारको आरोपपत्रअनुसार नेपालले १८ करोड ५८ लाख ५० हजार भ्रष्टाचार गरेको बिगो मागदाबी गरिएको छ जुन रकम उनीबाट सरकारी बाँकीसरह असुल उपर गरिनेछ । यसबाहेक बिगो बराबरकै रकम जरिवाना तिर्नुपर्छ । यस अनुसार उनले कूल ३७ करोड १७ लाख रुपैयाँ तिर्नुपर्नेछ वा उनीबाट असुल उपर गरिनेछ ।

यसबाहेक ऐनको दफा ३ को उपदफा १ (ज) मा १० करोडभन्दा बढी भैष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । नेपालविरुद्ध १८ करोड भ्रष्टाचार आरोप लगाइएकोले उनीविरुद्ध यही दफा आकर्षित हुन्छ । दफा २४ मा सरकारको विशिष्ट पदमा रहेको व्यक्तिले भ्रष्टाचार गरेमा थप ३ वर्ष सजाय हुने व्यवस्था छ । प्रधानमन्त्री विशिष्ट पद हो ।

दुवै दफामा गरिएको छुट्टाछुट्टै व्यवस्था अनुसार नेपाललाई दोहोरो कैद सजाय हुनेछ । अदालतले न्यूनतम कैद फैसला गरेमा १० वर्ष कैद हुनेछ र त्यसमा थप ३ वर्ष जोडेर १३ वर्ष कैद हुनसक्छ । अदालतले अधिकतम सजाय हुनुपर्ने ठहर गरेमा १४ वर्ष र थप ३ वर्ष गरी १७ वर्षसम्म कैद सजाय हुन सक्छ ।

बिहीबार २३ जेठ २०८२ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया