×

भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको :प्रधानमन्त्री पुष्पकमल दाहाल

images

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताएका छन् ।

भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताए 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक रुपमै सीमा समाधान गर्छौं भनेर पहिलो पटक बोलेको भन्दै उनले भने, ‘यताउता गर्यो कि भनेर राखेका देख्दा चिन्तित र पीडित भएको छु ।’

जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए । ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु,’ उनले भने, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’

सोमबार २२ जेठ २०८० १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया