गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई निष्पक्ष रुपमा काम गर्न नै नदिएको आशय व्यक्त गरेका छन्। आइतबार बिहानै सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’
पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ। गृहमन्त्री बनेदेखि नै गुरुङले कारबाहीलाई निरन्तरता दिएका छन्। उनकै निर्देशनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।
त्यसपछि पनि उनको निर्देशनमा राजनीतिक तथा व्यापारिक घरानका व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन्। अहिलेसम्म १० जना भिभिआइपी पक्राउ परिसकेका छन्।
नेपाल प्रहरीलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिए अब्बल काम गर्न सक्ने आशयसहित गृहमन्त्रीले यस्तो तर्क गरेका हुन्।
प्रतिक्रिया