×

नौ दलको संयुक्त बैठक -संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

images

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्ने निष्कर्ष निकालेको हो ।

गठबन्नधले पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय समेत गरेको छ ।

निर्णयमा भनिएको छ, ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’

विज्ञप्तीमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खांनले हस्ताक्षर गरेका छन् ।

आइतबार​ २१ फागुन २०७९ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया