×

डीभी भर्ने समय दुई दिन थप

images

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप भएको जनाएको छ।

दूतावासले सोमबार एक सूचना प्रकाशित गरेर डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि निवेदन दिने समय ७ नोभेम्बर २०२४ सम्मका लागि थप गरेको जनाएको हो। यसअघि उक्त समय ५ नोभेम्बर २०२४ मा सकिने जनाएको थियो । दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्ने पुनः प्रस्ट पारेको छ।

सोमबार १९ कात्तिक २०८१ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया