×

हमास सबै बन्धकहरूलाई ससर्त रिहा गर्न सहमत

images

काठमाडौँ । हमासले सबै बन्धकहरूलाई रिहा गर्न ससर्त सहमत भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदाहरूमा छलफल गर्न चाहेको बताएको छ ।

हमासले बन्धक रिहा गर्ने घोषणा गरेपछि, ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्- 'हमासले जारी गरेको विज्ञप्तिको आधारमा, मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन् । इजरायलले गाजामा तुरुन्तै बम विष्फोट बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं ।' 

हमाससँग अझै २० बन्धक जिवितै रहेको दाबि गरिएको छ । तर उनीहरुको विवरण अहिलेसम्म स्पष्ट छैन । हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था पनि अहिलेसम्म अज्ञात रहेको छ ।

हालै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकामा रहेकै समयमा ट्रम्प र नेतान्याहू अमेरिकी शान्ति योजनामा सहमत भएका थिए ।

शनिबार १८ असोज २०८२ ०७:३७ AM मा प्रकाशित

प्रतिक्रिया