×

" दूतावास र नेपाली समाज , युएईमा आबद्ध ५२ वटा संघ संस्था हरु बिच अन्तरक्रिया "

images

फलेन्द्र मगर / युएई संवाददाता 


युएई-  नेपाली समाज , युएईमा आबद्ध ५२ वटा सामाजिक संघ संस्था हरु का प्रतिनिधि र नेपाली राजदुतावास युएईका प्रतिनिधि हरु बिच एक परिचयात्मक अन्तरक्रिया कार्यक्रम , नेपाली राजदुतावास , युएई को सभा हल मा सम्पन्न भयको छ। । हालै श्रम काउन्सिलर को कार्यभार सम्हाल्न युएई आउनु भएका  दीनबन्धु सुवेदी ज्यू लाई नेपाली समाजमा आबद्ध ५२ वटै संघ संस्थाको तर्फबाट नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले पुष्प गुच्छा ले स्वागत गरेका थिय । आफ्नो मन्तव्य का क्रममा श्रम काउन्सिलर दीनबन्धु सुवेदी ले लामो समय प्रशासकीय क्षेत्रमा आफुले बटुलेका अनुभव लाई युएईमा रहेका नेपालीहरु सँग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता समेत  जाहेर गरेका थिय । 


नेपाली समाज , युएई का महासचिव बेद प्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा अध्यक्षता नेपाली समाज , युएईका अध्यक्ष गोविन्द ढकालले गर्नुभएको थियोे ।  परिचयात्मक कार्यक्रम पछि विभिन्न संघ संस्था का प्रतिनिधि हरु ले युएईमा भोगेका कथा व्यथा, कानुनी समस्या , भिजिट भिसा , हुन्डी सुन्डी , दुबईमा नेपाली कन्सुलेट राख्ने  , बेवारिसे लास , जेलमा रहेका कैदीबन्दी हरु को रिहाई र विवरण संकलन साथै अलपत्र परेका नेपाली हरु को उद्दार का लागि दूतावास ले कस्तो भुमिका निभाउछ ? लगायत आदि इत्यादि विषय हरु माथी उठाउनु भएको जिज्ञासा हरु को बारेमा नेपाली राजदुतावास युएईका श्रम काउन्सिलर दीनबन्धु सुवेदी , DCM बिशाल भट्टराई र महामहीम राजदुत कृष्ण प्रसाद ढकालले क्रमशः  जवाफ दिनुभएको थियोे ।

मन्तव्य कै क्रममा राजदुत ढकालले युएईमा करिब दुई लाख पचास हजार को हाराहारीमा रहेका नेपाली हरु लाई ८ जनाको सिमित कर्मचारीले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको र त्यहीँ माथी एउटै केस को लागि भिन्नभिन्न व्यक्तिहरू ले बारम्बार टेलीफोन र मेसेज गरेर दुख दिने कुराको पनि गुनासो गर्नुभयो । दूतावास को टेलीफोन नउठनु को प्रमुख कारण कार्यालय समयमा लाइनमा बसेका सेवाग्राहीलाई सेवा दिनुपर्ने हुँदा टेलीफोन उठाउन नसकिएको बारे जानकारी गराउनु भयो। अन्तरक्रिया कार्यक्रम मैत्रीपुर्ण र शान्त वातावरणमा सु-सप्पन्न भएको थियोे ।



 

बिहीबार १९ साउन २०७९ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया