×

(नेप्से) आज बिहीबार झिनो अंकको गिरावट: ३ अर्ब ३ करोड भन्दा बढी बराबरको कारोबार

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से २.७३ अंकले घटेर दुई हजार ४ दशमलव ०५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०६ वटाको बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.२४ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

बिहीबार २२ चैत २०८० ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया