×

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

images

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो बेइजिङमा उनीहरूबीच भेटवार्ता भएको हो। मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट भएको थियो।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो। त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ।

समझदारी र सहमतिमा उल्लेख भएका बुँदाहरूः

-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी

-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी

-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान

-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल

-विकास निर्माणसम्बन्धी समझदारी पत्र

-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान

-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी

-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

मङ्गलबार १८ मंसिर २०८१ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया