×

कुलमानको स्पष्टोक्ति- उज्यालो नेपाल पार्टीसँग आवद्ध छैन

images

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफ्नो आवद्धता नरहेको स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा आफ्नो आवद्धताको विषयमा कुनै किसिमको छलफल नभएको बताउदै कुलमानल प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पारेका छन् ।

उनले भनेका छन्- 

उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन ।

प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।

शुक्रबार​ १७ असोज २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया