×

आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत ९ बजेर १६ मिनेटमा

images

काठमाडौं ।  आजदेखि हिन्दुहरुको महान चाड बडादशैं सुरु हुँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादशैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ।  यस्तै असोज २६ गते शनिबार टीकाको दिन परेको छ भने । टीका ग्रहणको शुभ साइत भने ११ बजेर ३६ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहीबार १७ असोज २०८१ ०७:२५ AM मा प्रकाशित

प्रतिक्रिया