×

पाकिस्तानमाथि अफगानिस्तान १८ रनले विजयी

images

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।  गएराती शारजाहमा सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको हो । 

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको पकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । पाकिस्तानका लागि हारिस राउफले सर्बाधिक ३४ रन बनाएका थिए भने फखर जमानले २५ र कप्तान सलमान अघाले २० रन बनाएका थिए ।

त्यसैगरी अफगानीस्तानका बलर फाजल्हक फारुकी, राशिद खान, मोहमद नाबी र नूर मोहमदले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।  अफगानिस्तानका लागि इब्राहिम जद्रानले ६५ र सेडीक्वेलाह अटलले ६४ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर फाहिम्म अशरफले ४ विकेट लिएका थिए ।

यो यस त्रिकोणात्मक सिरिजमा अफगानिस्तानको तेस्रो खेलमा दोस्रो जित हो ।  त्यस्तै यस अघि दुई खेल लगातार जितेको पाकिस्तानले तेस्रो खेलमा हार बेहोरेको छ ।  अब सिरिज अन्तर्गत विहिबार पाकिस्तान र युएईबीच खेल हुदैछ ।

 

बुधबार १८ भदौ २०८२ १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया