×

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

images

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गरे ।

विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खास गरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए ।  विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ पुनर्गठनबिना क्रान्ति सम्भव नभएको बताए । कट्टेलले सार्वजनिकीकरण गरिएका दुई पुस्तकले त्यसमा पनि कम्युनिस्ट जनवादले नेपाली क्रान्तिको आधार पक्रेको बताए । उनले कम्युनिस्ट समाजवाद र कम्युनिस्ट जनवाद एक आपसका विरोधी बिचार नभएको, कम्युनिस्ट क्रान्तिबाट नै कम्युनिस्ट समाजवादमा पुगिने मार्गचित्र स्पष्ट रहेको तथ्यमा जोड दिए ।

सो कार्यक्रमा नेकपाका उपाध्यक्ष आरबी भण्डारी, डा.भगवानचन्द्र ज्ञवाली, अर्थशास्त्री प्रा.डा.केसबराज खड्का, इच्छुक संस्कृतिक प्रतिस्ठानका सदस्य सचिव मोदनाथ मरहट्ठा, सरला रेग्मीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

आइतबार​ १९ साउन २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया