×

लुम्बिनीमा इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस आयोजना हुने

images

 काठमाडौं ।  नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ को आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एनओसीले चैत २३ गते लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ आयोजना गर्ने बताएको हो  ।

लुम्बिनीमा हुने उक्त कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले जानकारी गराए । उनले गत वर्ष कोभिडको कारण कार्यक्रम गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताए । 

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीले सन् २०१४ देखि यो दिनलाई विविध कार्यक्रम गर्दै आइरहेको छ ।

आइतबार​ २० चैत २०७८ ०७:३६ PM मा प्रकाशित

प्रतिक्रिया