×

लघुकथा- विरोध

images

सपना सहिद भए पनि  दुइटा डिग्री छन् परनिर्भर छु ।’ एकदिन शिलाले मुख खोलेरै भनिन् ,
 मुख हुँदा हुँदै नाकले पानी पिएको अलि सुहाउँदैन, बुहारी ।
 पाल्न सक्ने क्षमता भएरै बिहे गरि ल्याएको हो । ससुरा कुर्लिए ।
 त्यही त भन्या । कस्तो संस्कार पनि नसिकाएका हुन् बाउ,आमाले नि ? सासूले झन आलो घाउमा नून चुक छर्किन् ।
 हो आमा । मेरा बा आमाले पढाए, लेखाए अनि योग्य र सक्षम बनाए ।यसैमा मलाई गर्व छ । त्यसैले त आत्म निर्भर भएर बाँच्न चाहन्छु ।
सहयोगको याचना राख्दै सासूको मुखतिर हेरीन् शिलाले 
कस्ती लाज सरम पचेकी नकचरी आईमाई रहिछे ।
 अझ मुख मुख लाग्छेस् । यस्तै पारा हो भने विकल्प खोज्न नपरोस्।
 लोग्नेले धम्की दियो । उनले पनि प्रतिवाद गर्दै भनिन् ,
 ठिक छ । म पनि मनुस्मृतिकालीन नारी होइन । विकल्प खोज्न सक्छु । ’
                                                                           

शुक्रबार​ १९ फागुन २०७९ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया