×

केही व्यापारीले सम्मानलाई ‘बिजनेस’ बनाए---केपी ओली

images


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्मानलाई व्यवसाय गर्ने माध्यम बनाउने प्रवृति बढ्दै गएको बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक महिना दिवसको अवसरमा भएको  कार्यक्रममा उनले जो कोहीका लागि सम्मान पाउने बिषय सहज नभएको बताए । उनले अन्तराष्ट्रिय तहमा सम्मान पाउन महिलाहरुले धेरै पसिना बगाउनु परेको दाबी गरे । 

उनले भने,‘राम्रो कामको सम्मानले राम्रो काम नै गर्ने प्रेरणा मिल्छ । महिलालाई पछाडि पार्ने काम गर्नु नगरौं । यो सम्मान पाउन धेरै पसिना बगाउनु पर्छ । सबैले आफ्नो क्षेत्रबाट सेवा दिईरहेका हुन्छन् । तर, सबैले सम्मान पाउन सकिरहेका हुँदैनन् ।’

सबै क्षेत्रबाट सम्मन योग्य काम भएको र सम्मान क्षणभरको कामबाट नहुने हुँदा कडा संघर्ष गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष ओलीले कतिपय व्यक्तिले सम्मानको अर्थ नबुझेर ‘विजनेश’ गर्ने बाटो बनाएको बताए । 

उनले भने,‘सम्मान गर्न व्यापारीबाट ५० हजार लियो । अनि तीन चार हजारको  एउटा सम्मान पत्र दियो । यो काइदा फाइदाको विजनेशको रुपमा आयो । सम्मानको बाहानामा विजनेश गर्ने प्रवृति छ । यो गलत हो । 

सम्मान सधैंका लागि हुनु पर्ने र त्यस्ता सम्मान पाउन धेरै मिहेनत गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा अध्यक्ष ओलीले ‘महिला पुस्तक पुस्तक’ पनि सार्वजनिक गरेका थिए । 

शुक्रबार​ १९ फागुन २०७९ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया