×

ससुराली घरमा पुगेर श्रीमतीको हत्यापछि मण्डल गरे आत्महत्या

images

काठमाडौं । मोरङको रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले गएराति ससुराली घरमा पुगेर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।

घटना बिहान २:४५ बजेतिरको हो । डीएसपी लामिछानेका अनुसार मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । 

घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीले जनाएको छ । उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन । श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । पत्नीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार २१ माघ २०८२ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया