×

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो: प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग उर्जासम्बन्धी हिजो भएको समझदारी महत्वपूर्ण रहेको भन्दै अब नेपालमा लगानी भित्रिने बताएका छन् । आज (शुक्रबार) विहान नयाँ दिल्लीमा पत्रकाहरुसँगको संक्षिप्त कुराकानीमा दाहालले यस्तो दाबी गरेका हुन् ।

उनले हिजो भएको विद्युत सम्झौता ब्रेक थु भएको दाबी गरे । सो क्रममा उनले आफूले हिजा (बिहीबार) मात्रै भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर तीनपटक वान टु वान कुराकानी गरेको स्मरण गराए । प्रधानमन्त्री प्रचण्डले अहिलेलाई इपिजी प्रतिवेदनको विवादमा अल्झिनुभन्दा अन्य विषयमा हल गर्दै अघि बढ्नु उचित हुने बताएका छन्। 

‘इपिजीलाई नेपालमा हामी सबैले गम्भीरतापूर्वक लिएको विषय त हो, तर अब यो विषयमा विवाद गरेर सबै काम अड्काउनु भन्दा फुकाउने काम फुकाएर अघि बढ्नु पर्छ’, उनले अगाडि भने ‘भविष्यमा वातावरण बनाएर एउटा बिन्दुमा गएपछि यो पनि काम हुन्छ। अहिले इपिजीबारे कुरा उठ्दै उठेन। उठाएर माहोल बिगार्नतिर लागिएन।’

भारतले अनिच्छा व्यक्त गरिरहेका बेला इपिजीबारे नेपालले कुरा उठाएर पनि माहोल बन्ने अवस्था नरहेको प्रधानमन्त्रीले बताए। ‘अहिले त्यसले माहोल बन्दैन। हुने कुरा पनि बिग्रिने गरी किन गर्ने?’, उनले प्रश्न गरे, ‘कहिलेकाहीँ हामीले राम्रा काम अघि बढाउँदै गर्दा यस्तो पनि हुन्छ। पछि भारतले यसलाई स्वीकार्ने अवस्था बन्छ।’

शुक्रबार​ १९ जेठ २०८० १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया