×

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

images

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने निर्णय बदरको मागसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । उहाँले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्नुभएको छ ।

पोखरेलको रिट दर्ता भएर पर्सि बुधवारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को हिजोको बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो । निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हाल्नुभएको छ । गृहसचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । 

सोमबार १९ बैशाख २०७९ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया