×

महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यानी चिह्न

images

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न दिइएको छ ।

आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दर्ज्यानी चिह्न अर्थात फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । यस्तै अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको हो । 

बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ । रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । 

सिंहको बढुवामा एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ ।

सोमबार १९ बैशाख २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया