×

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै 

images


काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(आइतवार) बस्ने तय भएको छ । कार्यसूची अनुसार बैठक आज बिहान १० बजे केन्द्रीय

कार्यालय सानेपामा बस्ने तय भएको छ । 

बैठकमा काँग्रेसले पठाउने चार मन्त्रीको नामावली टुंगो लगाउनेछ । काँगेसले पाएको ८ मध्ये चार मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । बैठकले मन्त्रीको नामावली

टुङ्ग्याउन सके आजै सपथ हुनेछ । शुक्रवार भएको मन्त्रीपरिषद्  बिस्तारका लागि काँग्रेसले चार मन्त्रीको नामावली मात्रै पठाएको थियो । त्यस्तै, बैठकमा १० बैशाखमा हुने

उप निर्वाचनको तयारी बारे छलफल हुनेछ । 
 

आइतबार​ १९ चैत २०७९ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया