×

आजको मौसम-- कोशी प्रदेशमा बदली हुने सम्भावना 

images


काठमाडौं । आज(आइतवार) कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ  । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ  । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै,

आइतवार राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई

स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ । 
 

आइतबार​ १९ चैत २०७९ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया