×

जिप दुर्घटना हुँदा एकको मृत्यु ७ जना घाइते

images


काठमाडौं । खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ, घाइतेलाई उपचारका लागि धुलिखेल

अस्पताल पठाइएको छ । 

बा१६च ३८२५ नं को जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै गर्दा शनिबार साँझ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले

जानकारी दिएका छन् । उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

आइतबार​ १९ चैत २०७९ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया