काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा उनिहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।
उनिहरुले भेटमा सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न र क्षतिपूर्तिमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव रहेको भन्दै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।
प्रतिक्रिया