×

एमसीसी मुख्यालयले भन्यो- सम्झौताबमोजिम काम अगाडि बढ्छ

images

काठमाडौं : एमसीसी मुख्यालयले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएसँगै अब यो कार्यान्वयनतर्फ अघि बढेको बताएको छ । एमसीसी मुख्यालयले विज्ञप्ति निकाल्दै एमसीसी कार्यानवयन पछि बिजुलीको भरपर्दो आपूर्ति, रोजगारी सिर्जना  र पूर्वाधार विकासमा थप सहज हुने स्पष्ट पारेको हो । 

नेपालको ऊर्जा र यातायात क्षेत्रलाई थप आधुनिकीकरण बनाउन एमसिसी परियोजनाले मद्दत गर्ने उल्लेख गरिएको छ । ‘एमसिसीले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालले सन् २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो । एमसिसीका कतिपय बुँदाहरू विवादास्पद भएको भन्दै सरकारले त्यसबारे व्याख्यात्मक घोषणा गरी फागुन १५ गते संसद्‍बाट अनुमोदन गरेको हो ।    व्याख्यात्मक घोषणाबारे एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया दिएको छैन । एमसीसी मुख्यालयले एमसीसी अब कार्यान्वयनको दिशामा गएको र त्यसले नेपालको उर्जा र पूर्वाधार निर्माणमा सहयोग पुग्ने दावी गरेको छ ।

बुधबार १८ फागुन २०७८ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया