काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
सरकारले हिजोमात्रै स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेको छ । यही सन्दर्भमा गृहमन्त्री खाँणले अध्यक्ष नेपाललाई भेटेका हुन् । भेटमा निर्वाचनको विषयमा केन्द्रित रहेर लामो छलफल भएको स्रोतको दाबी छ ।
पछिल्लो समय एमसीसीको विषयलाई लिएर पाँच दलीय गठबन्धन नै टुट्ने चर्चा छ ।
प्रतिक्रिया