×

ठुलो ढुंगा खसेपछि कालिकोटको गगने खोलाको पहिरो हटाउन सकिएन

images

सुर्खेत । अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा शनिबार राति पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर पहिरो सफा गरिरहेको जानकारी दिएको छ । कार्यालयले सडकमा खसेको ठुलो ढुंगा हटाउन नसकेपछि अब ब्लाष्ट गरेर हटाउने प्रयासमा रहेको बताएको छ ।

साथै बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र गर्न र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ । 

सोमबार १६ भदौ २०८२ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया