प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिनुभयो । प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया