×

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति माओवादी केन्द्रका नेता पुनको आपत्ति

images

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आज आइतवार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभएको हो । 

नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताउनुभयो । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाका निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरू आपसमा प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओली वामपन्थी नभएको बताउनभयो । 

नेता पुनले एमालेले धार्मिक एजेन्डा बोकेर हिँडेको आरोप लगाउनुभयो । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ओलीले बाहिर–बाहिर हुङ्कार गरेको भए पनि भित्रैबाट गलिसकेको र पराजित भइसकेको नेता पुनको दाबी छ । 
 

आइतबार​ १८ बैशाख २०७९ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया