×

महानिरीक्षक नियुक्तिमा वरीयता र प्रक्रिया मिचियो - कोइराला

images

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता र प्रक्रिया मिचिनुले विधिको शासनको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।
तेस्रो वरियताका एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले प्रहरी संगठनलाई फेरि विवादमा ल्याउने काम भएको उल्लेख गरेका छन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको कोइरालाले ट्वीटमार्फत जानकारी दिएका छन् ।
 

आइतबार​ १८ बैशाख २०७९ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया