काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा पुगेर पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई भेटेका छन् । मिश्र र जबरालाई भेट्न लिङ्देन दोस्रो पटक गएका हुन् ।
गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्र र जबरालाई पक्राउ गरेको थियो । सो घटनामा पक्राउ परेका मिश्र र जबरासहित ११ जनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
गत शनिबार मिश्र र जबरालाई भेटेर फर्किएका लिङ्देन आज दिउँसो ३ बजेतिर हिरासतमा पुगेका थिए । मंगलबार बिहान १० बजे राप्रपाकै सांसद ज्ञानेन्द्र शाही पनि उनीहरूलाई भेट्न पुगेका थिए ।
प्रतिक्रिया