काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलो पटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै बुधबार पुनः अदालतमा उपपस्थित गराइने बताइएको छ । मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको छ । अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको थियो । नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।
हेर्नुहोस् सूची:
प्रतिक्रिया