×

आजदेखि १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

images


काठमाडौं । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो ।

सिंगल राउण्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र भुटान खेल्दैछन् । घरेलु टोली नेपालले पहिलो खेलमा भोलि बंगलादेशसँग खेल्दैछ । प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि हुनेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ ।

शुक्रबार​ १८ फागुन २०८० ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया