फलेन्द्र मगर / सर्लाही
पौष -१६ लालबन्दी नेपाल मगर संघ सर्लाही लालबन्दी नगर कमिटीको हिजो सपन्न तेस्रो अधिवेशन ले पुन: बेनी आले मगर लाई अध्यक्ष मा सर्वसम्मत चयन गर्दै सम्पन्न भयो।
अधिवेशन मा पुर्व मन्त्री प्रदेश संसद माननीय बेची लुङ्गेली मगर को प्रमुख आतिथ्य , सभाध्यक्ष बेनी आले मगर , विषिष्ट अतिथि नेपाल मगर संघ मधेश प्रदेश इन्चार्च लेखराम जर्गा मगर ( अर्जुन) विशेष अतिथि, जनजाति अभियन्ता नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र लामा , नेपाल मगर संघ, सर्लाहीका अध्यक्ष , ओम राना मगर, नेपाल पत्रकार महासंघ, सर्लाहीका निवर्तमान अध्यक्ष टंक क्षेत्री, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर, अन्य अतिथिहरु को उपस्थिति मा अधिवेशन सम्पन्न भएको हो ।
१, अध्यक्ष-वेनी आले मगर
२, उपाध्यक्ष-तारा वलम्पाकी मगर
३, सचिव - दिपक आले मगर
4, सह सचिव - भागिरथ सुस्लिङ्ग मगर
५, कोषाध्यक्ष - अम्वर आले मगर
लगायत अन्य सदस्यहरु लाई आउदो पहिलो मिटीङ्ग बाट चयन गर्ने निर्णय गर्दै अधिवेशन सम्पन्न भयो ।


प्रतिक्रिया