×

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसङ्घको सहयोग हुने प्रमको विश्वास

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् । 

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने । 

शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । 
नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।

मङ्गलबार १४ कात्तिक २०८० ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया