काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडका लागि अर्दा गुलेर र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । यस अघि मल्लोर्काका लागि भेदात मुरिकीले एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै मल्लोर्काले भने ३ खेलमा एक बराबरी र २ हार बेहोरेको छ ।
प्रतिक्रिया